― Advertisement ―

सामसुङले प्राइम डेलाई ठूलो टिभी बिक्रीको साथ पञ्चमा पछाडी दियो – सबैभन्दा बढी बिक्रि हुने 4K, QLED र OLED टिभीहरूमा $१,५०० सम्म छुट

साप्ताहिक समाचारपत्रहरू दैनिक समाचार, साप्ताहिक सम्झौता र हप्ताका शीर्ष प्राविधिक कथाहरू प्राप्त गर्नुहोस् टिप्पणी पहुँच वार्तालापमा सामेल हुनुहोस्, आफ्नो विचार साझा गर्नुहोस् र विशेषज्ञ सल्लाह...
Homeअग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेको जटिलता हल गर्न सकिँदैन : प्रचण्ड – KhabarHost

अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेको जटिलता हल गर्न सकिँदैन : प्रचण्ड – KhabarHost



५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।

नेपाल संवत्को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको अवस्थामा राष्ट्रलाई पुन: एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा भएको उनले सन्देशमा बताएका छन् ।

‘आज हामी राष्ट्रलाई पुन: एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौं । लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौं । लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन,’ प्रचण्डले भनेका छन् ।

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा घोषणा गरेको पनि स्मरण गरेका छन् ।

‘त्यस निर्णयलाई थप संस्थागत गर्दै वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गर्न चाहन्छु,’ उनले भनेका छन् ।

‘यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ,’ प्रचण्डले भनेका छन् ।





Read More